21 July, 2020 4:35 pm


सागर शर्मा महालक्ष्मी विकास बैंकको कामु सिइओमा नियुक्त

काठमाडौं, ६ साउन । महालक्ष्मी विकास बैंक लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) मा सागर शर्मा नियुक्त भएका छन् ।

बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत शर्मालाई साउन २ गते बसेको बैंक सञ्चालक समिति बैठकले कायममुकायम सिइओ नियुक्त गरेको हो ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार महालक्ष्मीको केन्द्रीय कार्यालय, दरबारमार्गमा आयोजित स्वागत कार्यक्रममा शर्माले पदबहाली गरेको उल्लेख छ ।

बैंकप्रतिको जनविश्वास र निष्ठालाई कायम राख्दै गुणस्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने नवनियुक्त कामु सिइओ शर्माको प्रतिवद्धता रहेको छ । शर्माले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि प्रयत्नशील रहन सम्पूर्ण कर्मचारीलाई आग्रह गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board