21 July, 2020 4:19 pm


कविता : ‘भविष्य’ ज्ञान बहादुर लामा

कविता : (भविष्य)
हाम्रो मर्यादा महापुरुष
श्रीराम स्वदेश फर्किने छ ।
अयोध्यापूरी ठोरी दरबारमा
पुष्प गुच्चा बर्सिने छ ॥

श्री रामको आगमनमा
पशुपन्छी नाच्दै रमाउने छन ।
बन जङ्गल नदी नालाहरु
मनमोहक बाजा बजाउने छन ॥

मुर्छित हाम्री नेपाल आमा
राम राम भन्दै बर्बराउने छिन ।
आमा आमा भन्दै श्री राम
पाउमा शिर निहुराउने छ ॥

हाम्रा मर्यादा महापुरुष
श्रीराम स्वदेश फर्किने छ….

संसारमा छरिएका युवाहरु
आफ्नो देश नेपाल आउने छन ।
मातृभूमि नेपाल आमाले
सबलाई काखैमा अटाउने छिन ॥

युवाहरूको जोश र जाँगर
हाम्रै मातृभूमिमा खर्चिने छन ।
भोग्दै आएका अभावहरु
सदाको लागि बिर्सिने छन ॥

हाम्रा मर्यादा महापुरुष
श्रीराम स्वदेश फर्किने छ….

हाम्रा पौरखी युवाहरुले
इमान्दार युवानेता खोज्ने छन ।
त्यही जेहेन्दार नेताहरु द्वारा
लम्पसारबाद नीति तोड्ने छ ॥

जनप्रतिनिधि हरु सबले
स्वार्थ र अहंकार छोड्ने छन ।
मित्र राष्ट्रहरु सब सङ्ग
सुमधुर सम्बन्ध जोड्ने छन ॥

नेपाल आमाको काखमा
समृद्धिको फूल बर्सिने छ ।
त्यस पश्चात नेपालीहरुले
परनिर्भरता भन्ने बिर्सने छ ॥

हाम्रो मर्यादा महापुरुष
श्रीराम स्वदेश फर्कने छ…..

कर्मठ बनी जाँगर चलाई
कुटो कोदालो समाउने छ ।
होस्टे र हैंसेको नारा लगाई
देशलाई समृद्ध बनाउने छ ॥

हाम्रा पुर्खाहरुको आत्माले
बल्ल सन्तुष्टि पाँउने छ ।
वहाँहरुकै अपार कृपाले अनि
सदैव सुख शान्ति छाउनेछ ॥

हाम्रो मर्यादा महापुरुष
श्रीराम स्वदेश फर्किने छ ।
अयोध्यापूरी ठोरी दरबारमा
पुष्प गुच्चा बर्सिने छु ॥

रचना – ज्ञान बहादुर लामा “दोङ”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board