पहिरोले पुरिएर टोखामा दुई बालबालिकाको मृत्यु

काठमाडौं, ६ साउन । काठमाडौं उपत्यकामै पहिरोले पुरिएर दुई बालबालिकाको ज्यान भएको छ ।काठमाडौंको टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी बृत्त महाराजगञ्जका अुनसार मंगलबार खाना खाने समयमा आएको पहिरोले पुरिएर स्थानीय ३/३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको हो । मृत्यु हुने दुई बालबालिका जुम्ल्याहा रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण भने आउन बाँकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति