कैलाली, ६ साउन । सोमबार राति गएको पहिरोमा पुरिएर दार्चुलामा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका – ८ मा पहिरोले पुरिएर स्थानीय अर्जुन दर्जी र मिलन दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पहिरोले पुरिएर र घाइते भएकामध्ये सोही ठाउँकी लक्ष्मी परियार गम्भीर रहेका छन् ।
प्रहरी र स्थानीयले उद्धार गर्न पुग्दा दुईजनाको मृत्यु भइसकेको प्रहरीको भनाई छ । घाइते लक्ष्मीकी छोरी सोनियालाई भने प्रहरीले सकुशल उद्धार गरेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
COMMENTS