Nepal Page

६ श्रावण २०७७, मंगलबार


नेकपाको स्थायी कमिटि बैठक आज

काठमाडौँ, ६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक आज (मंगलबार) बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको हो । सोमबार बिहान अध्यक्ष प्रचण्डले पूर्व माओवादीका सबै स्थायी कमिटि सदस्यहरुलाई खुमलटारस्थित निवासमा बोलाएर पार्टीको विवादबारे छलफल गरेका थिए।

उक्त भेलामा सहभागी अधिकांश नेताहरुले अब बैठकबाटै निकास निकाल्न सुझाव दिँदै स्थायी कमिटिको बैठक रोक्न नहुनेमा जोड दिएका थिए। भेलाले पार्टीको विवादलाई तत्कालका लागि सुरक्षित अवतरण गर्ने ढंगले अघि बढ्न अध्यक्ष प्रचण्डलाई सुझाव दिएको थियो।

कुनै पनि हालतमा पार्टी फुटको संघारमा जान नहुने गरी निर्णय लिनुपर्ने सुझाव अध्यक्ष प्रचण्ड समक्ष राखेको नेकपाका एक नेताहरुले बताएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति