सार्वजनिक सवारी सञ्चालनमा अझै किन ढिलाई ? महासंघसँग भोली छलफल हुने

काठमाडौं, ५ साउन । बन्द अवस्थामा रहेको यातायात खुलाउन यातायात व्यवसायी र मजदूर तयार भएका छन् । कार्यदलले भोलि पत्रकार सम्मेलन गरेर औपचारिक रुपमै व्यवसायीहरुले यातायात सञ्चालनको घोषणा गर्ने तयारी गरेका छन् ।

सोमबारको बैठकमा विभाग, ट्राफिक प्रहरी र कार्यदलबीच ५ वटा विषयमा सहमति जुटेको थियो । जसअनुसार विभागले मध्यम तथा लामो दूरीका सवारीसाधनलाई पनि जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिन कोभिड रोकथामका लागि गठित उच्चस्तरीय समितिलाई सिफारिस गर्नेछ ।
यातायात मजदूरलाई आवश्यक पीपीई, मास्क लगायतका सुरक्षा सामाग्री भने व्यवसायीले नै उपलब्ध गराउने सहमतिको साथै यातायात मजदूरको मृत्युबीमा गर्न व्यवसायी र मजदूरले माग गरे पनि त्यसबाट राज्यको ठूलो धनराशी खर्च हुने भएपछि हालका लागि त्यस्तो कोष बनाउन लागिएको नेपाल यातायात मजदूर संघका अध्यक्ष धर्मराज भण्डारीले जानकारी दिए ।

जिल्लामा रहेका मजदूर र मेकानिकलाई सम्बन्धित क्षेत्रमा आउने वातावरण बनाउन गृह मन्त्रालयलाई सिफारिस गर्ने, कोभिड–१९ उपचारको बीमाका लागि सरकारको तर्फबाट आधा प्रिमियम व्यहोर्ने, कोभिड–१९ बाट हुने मृत्युको क्षतिपूर्तिका लागि छुट्टै कोष बनाउने सहमति समेत भएको छ ।

भोलि यातायात खुला हुनेबारे औपचारिक निर्णय हुने बताउँदै कहिले र कसरी सञ्चालन गर्ने भन्नेबारेको विस्तृत कार्यविधि भोलि बिहान कार्यदलको बैठक बसेर तय गर्ने समेत अध्यक्ष भण्डारीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति