धादिङमा पृथ्वी राजमार्गको पुल भत्कियो, ठाउँ-ठाउँमा अवरुद्ध

धादिङ, ५ साउन । धादिङमा अविरल वर्षा र बाढीका कारण पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । बाढीले पुलको धादिङतर्फको खण्ड भत्किएको छ ।

चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढी र पहिरोले क्षति पुर्‍याउँदा यातायात आवतजावत नै बन्द भएको प्रहरीले जनाएको छ ।

मोवाखोला नजिकैको ठाडो खोलाले टिपर पनि बगाएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । अहिले धादिङमा आधा दर्जन भन्दा बढी ठाउँमा पहिरो र सडकमाथि बाट खसेको लेदोका कारण राजमार्ग अवरुद्ध भएको छ । सबैभन्दा ठूलो पहिरो फुर्केखोलामा खसेको प्रहरी जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति