काठमाडौं, ५ साउन । बारामा सिँचाईका सव-इन्जिनियर घुससहित पक्राउ परेका छन् । जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय बाराका सव—इन्जिनियर गजेन्द्रप्रसाद जैसवाल घुससहित पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार नदी तटबन्धको लागि जाली लगाउने कार्यको भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग ८० हजार घुस लिई सकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
सव(इन्जिनियर जैसवालले घुस मागेको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाको भनाई छ ।
घुस रकम लिएर आफूसँगै रहेका चन्दन जैसवाललाई दिई भाग्न खोज्दा दुवै जनालाई कलैया नगरपालिका–४ बाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताईएको छ ।
COMMENTS