20 July, 2020 3:26 pm


सरकारको लक्ष्यः एक लाख रोजगारी सिर्जना गर्ने, विश्व बैंकले गर्‍यो साढे ४ अर्ब ऋण सहयोग

काठमाडौं, ५ साउन । सरकारले विश्व बैंकसंग साढे ४ अर्व ऋण लिएर युवाका लागि रोजगारी कार्यक्रम सुरु गर्ने भएको छ । युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा यस वर्ष ११ अर्व ६० करोड २७ लाख रुपैयाँ खर्च गर्न लागिएको हो ।

यस वर्ष मात्रै परियोजनाबाट एक लाख जनाले रोजगारी पाउने श्रम रोजगार सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सहसचिव सुमन घिमिरेले बताए । घिमिरेका अनुसार ती एक लाखमध्ये ६० हजार महिला हुनेछन् । उनीहरुले वर्षमा कम्तिमा एक सय दिनको रोजगारी पाउने छन् ।

यो परियोजना अन्तरगत कुल १४ अर्व खर्च गर्ने सरकारको तयारी छ। त्यसमध्ये ६ अर्ब रुपैयां स्थानीय तहमा पठाइनेछ । आयोजनाको सोमबार श्रममन्त्री रामेश्वर राय यादवले उद्घाटन गरेका छन् । मन्त्री यादवले सरकारले रोजगारीका अवसर सिर्जना गर्न लागेको जानकारी दिए ।

उनले स्थानीय र प्रदेश सरकारले पनि रोजगारीलाई प्राथमिकता दिइरहेको बताउनुभयो । विश्वभर रोजगारीमा संकुचन आएको भन्दै मन्त्री यादवले निम्नवर्गीय श्रमिकका परिवारमा बढी समस्या देखिएको बताए । सबै रोजगार सेवा केन्द्रमा जनशक्ति थप्ने सरकारको तयारी छ । गतवर्ष खर्चको मोडालिटिमा कुरा नमिल्दा विश्व बैंकबाट सहयोग आउन सकेको थिएन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board