20 July, 2020 1:31 pm


यस्तो छ भाईरल तस्विरको वास्तविक कथा

काठमाडौं ५ साउन । सामाजिक सञ्जालमा निकै भाइरल भएको तस्वीरको यथार्थ खुलेको छ । सामाजिक सञ्जालमा भाइरल बनाईनुको उक्त तस्वीर एउटा कारण सरकारी नम्बरको मोटर साईकल अनि पछाडि बसेकी युवतीले लगाएको पहिरन हो । यदि सो मोटरसाईकल सरकारी नम्बरको हुदैन थियो र ति युवती यात्रा गरिरहेकी थिईन भने यो प्रश्न पनि सायद उठ्ने थिएन ।

तर यी दुवैजना पछिल्लो समय सामाजिक संञ्जालको चर्चामा आए । सरकारी मोटरसाईकलमा सवार युवती र चालक युवा दुवै सरकारी कर्मचारी नै हुन् । उनिहरू दुवै जना भर्खरै सरकारी सेवामा गरेको र सिट्रोल सरकारी कर्मचारीको लागि दिईने संकेत नम्बर भर्न धादिङबाट काठमाडौं आएको खुलेको छ । सरकारी कर्मचारीले लगाउने ड्रेस र उनिहरुले प्रयोग गर्ने सरकारी सवारी साधनको प्रयोगका पनि आफनै नियम छन् र सञ्जालमा भाइरल बनाईनुको उक्त तस्वीर एउटा कारण सरकारी नम्बरको मोटर साईकल अनि पछाडि बसेकी युवतीले लगाएको पहिरन हो । उनिहरू दुवै जना भर्खरै सरकारी सेवामा गरेको र सिट्रोल सरकारी कर्मचारीको लागि दिईने संकेत नम्बर भर्न धादिङबाट काठमाडौं आएको खुलेको छ ।

। यातायात ब्यावस्था विभागका अनुसार प्रदेश–३–०२–००१ ब–१४१२ नम्बरको मोटर साईकल धादिङको गल्छि गाउँपालिकाको नाममा रहेको छ । सरकारी नम्बरको मोटरसाईकल चालक प्रताप बराल गल्छी गाँउपालिकामा कार्यरत ईन्जिनियर हुन् । उक्त मोटरसाईकलमा सवार युवती पनि सोहि गाँउपालीकामा कार्यरत सव–इन्जिनियर सविता शाही हुन् । गाँउपालीकाले अत्यावश्यक सामाग्री ओसार पसार स्टोर प्रयोजनका लागी सो मोटरसाईकल प्रयोग गदै आएको गाउपालीकाका एक कर्मचारीले बताए ।

उनीहरु दुवैजना गाउँपालिकाबाट स्विकृती लिएर नै काठमाडौं स्थीत निजामती किताब खानामा सरकारी संकेत नम्बर लिन आएका थिए । गल्छी गाँउपालीकाका प्रसाशकीय प्रमुख मोहन कुमार श्रेष्ठले दुवैजना गल्छि गाउँपालिका कर्मचारी भएको जानकारी दिए ।श्रेष्ठका अनुसार उनिहरू सरकारी सेवामा प्रवेश गरेपछि लिनुपर्ने सरकारी संकेत नम्बर लिन काठमाडौं आएका हुन् । सरकारी सेवामा प्रवेश पछि कर्मचारीका लागि चितोल अर्थात सरकारी संकेत नम्बर आवस्यब पर्छ । श्रेष्ठले भने दुवै जना गाँउपालीकामा कार्यरत इन्जीनियर भएको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board