भारत, ५ साउन । कोरोना भाइरसको संक्रमण भारतमा निरन्तर बढ्दो क्रम जारी छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड – १९) का ४० हजार ४२५ नयाँ संक्रमित फेला परेका भारतको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ११ लाख १८ हजार ४२ पुगेको छ । भारतमा एकैदिन सबैभन्दा धेरै कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका हुन् ।
कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या पनि २७ हजार नाघिसकेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण २७ हजार ४९७ जनाको मृत्यु भइसकेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसको कारण ८१ जनाको मृत्यु भएको हो ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका सात लाख ८७ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा तीन लाख १० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् ।
त्यस्तै तामिलनाडुमा एक लाख ७० हजारभन्दा धेरैमानिस संक्रमित भइसकेका छन् । दिल्लीमा पनि एक लाख २२ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।
COMMENTS