पहिरोमा पुरिएर आमा-छोरीको मृत्यु

दार्चुला, ५ साउन । पहिरोमा पुरिएर दार्चुलामा आमा–छोरीको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घटना अविरल वर्षाका कारण पहिरोले घर भत्किदा २ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए । यता निरन्तरको बर्षापछि खसेको पहिरोले गोरखाको बारपाक सुलिकोट ४ नालपाङमा बाढी र पहिरोले २ घर बगाएको छ ।

बाढीसँगैको पहिरोले कामी गुरुङ र उनको छोराको घर बगाएको हो । उनीहरु सामुदायिक भवनको घरमा बसेका वडा अध्यक्ष भिमबहादुर गुरुङले जानकारी दिए । त्यस्तै अजिरकोट गाउँपालिका बलुवामा पनि पहिरोले एक घर बगाएको छ । रामबहादुर मगरको घर बगाएको हो । गोरखामा पनि तीन घर पहिरोले बगाएको छ । मानविय क्षती भने भएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति