20 July, 2020 7:04 am


चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं, ५ साउन । चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
वेम्बली स्टेडियममा आइतबार राति भएको दोस्रो सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो । चेल्सीलाई जित दिलाउन ओलिभर जिरुड र मासन माउन्टले एक एक गोल गरे ।

युनाइटेडका कप्तान ह्यारी मग्वाएरले एक आत्मघाती गोल गर्दा ब्रुनो फर्नान्डेसले एक गोल फर्काए ।पहिलो हाफको इन्जुरी समयमा जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा माउन्टले गोल गर्दा चेल्सीको अग्रता २–० को बन्यो । खेलको ७४ औं मिनेटमा युनाइटेडका मग्वाएरले आत्मघाती गोल गर्दा चेल्सीले ३–० को अग्रता बनायो । त्यसपछि खेलको ८६ औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा एक गोल फर्काएपनि चेल्सी ३–१ ले विजयी भयो । अब चेल्सीले उपाधिका लागि कीर्तिमानी १३ पटकको च्याम्पियन आर्सनलसँग खेल्नेछ । आर्सनल म्यानचेस्टर सिटीलाई २–० ले हराएर फाइनल पुगिसकेको छ । चेल्सी र आर्सनलबीचको फाइनल अगष्ट १ मा वेम्बलीमा हुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board