बालुवाटारमा प्रधानमन्त्री ओली-प्रचण्डबीच छलफल

काठमाडौं, ४ साउन । बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको छ ।

पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् । शनिबार दुई अध्यक्षबीचमा मंसिरमा अर्ली महाधिवेशन गर्ने सहमति भएको थियो । प्रधानमन्त्री ओलीले शनिबारको सचिवालय बैठकमा महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्रीको प्रस्तावलाई प्रचण्डले सहमति जनाएका थिए । यद्यपी प्रचण्डले वरिष्ठ नेता नेपाल र उनीनिकटका स्थायी समिति सदस्यलाई आइतबार बिहान प्रधानमन्त्री ओलीसँग कुनै सहमति नभएको ब्रिफिङ गरेका थिए ।

यो पनि
प्रचण्डको प्रष्टीकरण – ‘महाधिवेशन गर्ने प्रस्तावमा समर्थन गरेको छैन’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति