नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, ६६.२४ प्रतिशत निको भएर घर फर्किए

काठमाडौं, ४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका १ र ललितपुरका २ गरी थप १५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो ।

आइतबार कोरोना स‌ंक्रमण निको भएर ५८ जना डिस्चार्ज भएका छन् भने हालसम्म ११ हजार ६९५ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६९५ अर्थात ६६.२४ प्रतिशत पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति