प्रचण्डको प्रष्टीकरण – ‘महाधिवेशन गर्ने प्रस्तावमा समर्थन गरेको छैन’

काठमाडौं, ४ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले बरिष्ठ नेताहरुलाई बोलाएर अर्को अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसंगको कुराकानीबारे प्रस्ट्याएका छन् । शनिबार अध्यक्ष केपी शर्मा ओलीसंग मंसिरमा महाधिवेशन गर्ने सहमति भएको चर्चा चले पनि आज प्रचण्डले त्यस्तो कुनै सहमति नभएको बताएका छन् ।

प्रचण्डनिवास खुमलटारमा बिहान ९ बजेदेखि सचिवालयका चार नेताहरुबीच छलफल भएको हो । छलफलमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी उपस्थित थिए ।

तीन नेताले महाधिवेशन मंसिरमा असम्भव रहेको भन्दै ओलीको प्रस्तावमा असहमति जनाएका थिए । यसअघि खुमलटार बैठकमा सहभागी हुने गरेका सचिवालय सदस्य रामबहादुर थापा भने आज भने छलफलमा सहभागी भएनन् ।

उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेलले भने प्रचण्डलाई एक्ला एक्लै भेट गर्नुभएको छ । प्रचण्डसंग माधव नेपाल असन्तुष्ट बनेपछि खुमलटारमा पुनः छलफल भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति