19 July, 2020 12:58 pm


रोपाइँका लागि नहरमा पानी छाडियो : कृषक औधि खुशी

पाल्पा,४ साउन । पाल्पाको रामपुर नगरपालिका–१० गेझामा निर्माण गरिएको नहरबाट सिँचाइ शुरु भएको छ । प्रदेश नं ५ सरकारको सहयोगमा निर्माण गरिएको बर्दलेफाँट सिँचाइ आयोजनाको नहरमा शनिबारदेखि पानी खोलेर सिँचाइ शुरु भएको हो ।

प्रदेशसभा सदस्य युवराज खनालले रामपुर–१० को खेतीयोग्य जमिन सिँचाइ अभावमा वर्षेनी कृषकलाई समस्या भएको हुँदा नहर निर्माण गरिएको बताए । नहरको बाँधमा पूजा गरेर पानी सञ्चालन गर्ने क्रममा उनले सिँचाइ सुविधा पुगेपछि अब धान, मकै, गहुँ, तोरीलगायत तरकारीबालीसमेत सिँचाइ गरेर मनग्य आम्दानी लिन कृषकलाई अनुरोध गरे ।

तोकिएको समयभन्दा पाँच महिनाअघि नै नहरको निर्माण सम्पन्न भएको हो । नहरमा पानी छोड्न शुरु भएपछि धान रोपाइँमा सहज भएपछि कृषक औधी खुशी छन् । “कहिले पहिरो, कहिले पानी सानो आउने बीचमै चुहिएर खेतसम्म पु¥याउनै समस्या थियो, अब सहज हुने भयो”, नहरका उपभोक्ता केदारराज पाण्डेले भने ।

केही आकाशको पानीको भर तथा केही खोल्साका पानी खेतमा पु¥याएर फ्याट्टफुट्ट रोपाइँ शुरु गरेका कृषकले अब भने सिँचाइ सुविधा हुने भएपछि ढुक्कले रोपाइँ थाल्ने समितिले जनाएको छ । साउन महिनाको अन्तिम सातासम्मनै रोपाइँ हुने यस क्षेत्रका टारीखेतहरुमा अहिले रोपाइँ चलिरहेको छ । “हिउँद तथा वर्षात्को समयमा कुलो पहिरो गएर हैरान थियो, रोपाइँको समयमा नहरमा पानी सञ्चालन भयो यो भन्दा खुशी के हुन्छ ” कृषक भक्तबहादुर सिञ्जालीको भनाइ छ ।

रामपुर–१० को झ्याम्मखोलामा बाँध बाधेर एक्लाचौर, राहुडाँडा, मनभागा, सानोगेझा, ठूलोगेझा, गोकर्णे हुंदै बर्दलेसम्म पानी पु¥याएपछि रोपाइँ थालिने बर्दलेफाँट जलउपभोक्ता समितिले जनाएको छ । नहरबाट आउने पानीबाट बर्दलेको १०५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । करिव ४३२ घरधुरी उपभोक्ताले प्रत्यक्ष सिँचाइ सुविधा पाउने भएपछि उनीहरु खुशी भएका छन् ।

प्रदेश सरकारको रु चार करोड ९३ लाखमा ठेक्का आह्वान भएपछि केबिसी बिल्र्डस इको इञ्जीनियरिङ कम्पनी चितवनले ठेक्का पाएको थियो । कम्पनीले रु तीन करोड ९० लाखमा ठेक्का पाएलगत्तै काम थालेर समयअगावै सम्पन्न गरेको बर्दलेफाँट जलउपभोक्ता समितिका अध्यक्ष बैकुण्ठ खनालले जानकारी दिए । पाँच शाखा तथा पाँच ढोका रहेको नहरको स्थानीय नागरिकको करिब रु १५ लाख ४४ हजार ७२४ बराबरको जनश्रमदान तथा सिँचाइ विकास डिभिजन कार्यालय पाल्पाको प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board