भारतमा नेपालीको कपाल मुण्डन गरेर श्रीराम लेख्ने चार जना पक्राउ

काठमाडौं ३ साउन । भारतमा एक नेपाली नागरिकमाथि दुर्व्यवहार गर्ने ४ जना पक्राउ परेका छन् । प्रधानमन्त्री केपी ओलीले राम नेपालकै भएको बताएपछि वाराणसीमा एक नेपाली युवकको शीर मुण्डन गरेर दुर्व्यवहार गरिएको थियो ।

नेपाली युवकको शीर मुण्डन गरेर श्रीराम’ लेखेर दुर्व्यवहार गर्ने ४ जनालाई वाराणसी प्रहरीले पक्राउ गरेसंगै पाँचजना विरुद्ध उजुरी दर्ता भएको र उनीहरुलाई तत्काल कारबाही थालेको वाराणसीका प्रहरी अधिकृत अमित पाठकले बताए ।

नेपालीमाथि दुर्वयवहार गर्दै गरेको उक्त भिडियो सामाजिक सञ्जालमा शेयर गर्ने अरुण पाठक नाम गरेको व्यक्ति रहेको र उसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति