Nepal Page

३ श्रावण २०७७, शनिबार


नेकपा अध्यक्षद्धयको वान टु वान वार्ता पछि सचिवालय बैठक

काठमाडौं, ३ असार ।  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाको सचिवालय बैठक आज बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपरान्ह ३ बजेदेखि बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । स्थायी समिति बैठक स्थगित गरेर नेकपाले आजका लागि सचिवालय बैठक बोलाएको थियो।

स्याथी समितिमा प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने विषय उठेपछि लामो समयदेखि विवाद छ। सहमति खोज्न स्थायी समिति बैठक पटकपटक स्थगित गर्दै अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भए पनि कुनै सहमतिमा पुगेको थिएन।

आजको सचिवालय बैठकअघि अध्यक्षद्वय ओलीप्रचण्डबीच छलफल भएको थियो। भेटमा के कुराकानी भयो अहिलेसम्म बाहिर आएको छैन। आजको सचिवालय बैठकमा स्थायी समिति बैठकमै उठेका एजेन्डामा छलफल हुने बताइएको छ। सचिवालय बैठक बस्नु अघि (नेकपा) अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच १ घण्टा वान टु वान वार्ता भएको थियो । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति