काठमाडौं, ३ असार । भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भएको छ । शुक्रवार विहान सम्म थप ३४ हजार ८२० संक्रमित भएसँगै शुक्रबार र शनिबार मात्रै भारतमा ७० हजार २८८ जनामा संक्रमण भएको छ । संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा शनिबारसम्म १० लाख ४० हजार ४५७ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमितमध्ये ६ लाख ५४ हजार ७८ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ६० हजार ९४ जनाको उपचार भइरहेको छ ।कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६७६ जनाको मृत्यु भएपछि शनिबार बिहानसम्म ज्यान गुमाउनेको २६ हजार २८५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
COMMENTS