ओली-प्रचण्डबीच वार्तापछि नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं, २ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बोलाईएको छ । शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि साउन ३ गतेका लागि बोलाइएको हो ।

शुक्रबार दुई अध्यक्षको छलफलले स्थायी कमिटी बैठक साउन ४ गते बोलाउने र त्यसअघि सचिवालय समितिको बैठक बस्ने सहमति भएको भनाई छ । साउन ३ गते सचिवालय बैठक बोलाउने सहमति भएको एक नेताले जानकारी दिए ।

स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । यसपछि बल्झिएको नेकपाभित्रको विवाद अझै सहमतिमा पुग्न सकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति