Nepal Page

२ श्रावण २०७७, शुक्रबार


भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड : एकैदिन ३५ हजारभन्दा बढी संक्रमित

काठमाडौं, २ साउन । भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भएको छ । एकै दिन शुक्रबार अहिलेसम्मकै सर्वाधिक ३५ हजारभन्दा बढी संक्रमित भएपछि नयाँ रेकर्ड कायम भएको छ । कोरोना भाइरसको संक्रमणले एकै दिन त्यहाँ ३५ हजार ४६८ संक्रमित भएका छन् । यसअघि बिहीबार भारतमा ३२ हजार ६८२ संक्रमित भएका छन् । शुक्रवार पार्दासम्म १० लाख ५ हजार ६३७ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमितमध्ये ६ लाख ३६ हजार ६०२ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ४३ हजार ४२६ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६८० जनाको मृत्यु भएपछि शुक्रबार बिहानसम्म ज्यान गुमाउनेको २५ हजार ६०९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति