Nepal Page

१ श्रावण २०७७, बिहिबार


प्रधानमन्त्री ओलीको अयोध्याबारेको बोलीमा भारतीय विदेश मन्त्रालयले यसो भन्यो

काठमाडौं, १ साउन । भारतको विदेश मन्त्रालयले श्रीराम र अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको वक्तव्यबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

बिहिबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालको परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री ओलीको भनाइका सन्दर्भमा स्पष्ट पारिसकेकाले थप टिप्पणी आवश्यक नरहेको बताएका हुन।

उनले भने, ‘भारतको विशाल संस्कृतिक विरासतबाट विश्व जानकार छ । र, यसबारे नेपालको परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिइसकेकाले थप टिप्पणी गर्न चाहन्नँ ।’

प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा परेपछि परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै यो राजनीतिक विषय नभएको र कसैको भावनामा चोट पुर्‍याउने उद्देश्य नभएको बताएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति