16 July, 2020 5:27 pm


सुशान्तकी प्रेमिका रियालाई ज्यान मार्ने धम्की, पोस्ट गरिन् स्क्रिनसट

काठमाडौं, १ साउन ।सुशान्त सिंहको मृत्युपछि उनकी प्रेमिका रियाा चक्रवर्तीले विभिन्न प्रकारको गाली र धम्की पाइरहेकी छिन् । रियाले एउटा यस्तो मेसेजको स्क्रिनसट सोसल मिडियामा पोस्ट गरेकी छिन् जसमा उनलाई बलात्कार र हत्या गरिदिने धम्की दिइएको छ ।

सुशान्तको मृत्युको एक महिनापछि रियाले समाजिक संजालमा व्यक्त गरेको भावनालाई सामाजिक संजालमा ट्रोल गरिएको छ भने उनको पोष्टमा आक्रोश व्यक्त गरेका छन् ।

उनले आफ्नो पोष्टमा लेखेकी छिन्, मलाई सबै प्रकारको आरोप लगाइयो, मा चुप लागिरहे, मलाई हत्यारा भनियो म चुप लागे, म केहि बोलिन । म चुप लागेर बसे भन्दैमा , अरुलाई कसरि अधिकार हुन्छ कि यदि मैले आत्महत्या गरिन भने मेरो हत्या हुनेछ वा मेरो बलात्कार हुनेछ, आफुले भनेको कुराको गम्भीरता पनि छैन, यस्तो उत्पीडन त कसैले पनि भोग्न नपरोस् । उनले पोष्टको अन्त्यमा अब अति भयो लखेकी छिन ।

रियाको उक्त पोष्टमा मानिसहरुले हत्या गर्ने र बलात्कार गर्ने धम्की दिएका छन् तर पनि अरु प्रयोगकर्ता यसको ट्रोल बनाईरहेका छन् । यो अपराध हो र काूननी रुपमा कसैलाई पनि यसरी प्रताडित गरिनु हुँदैन ।’उनले भनीन् । रियाले यो पोस्टसहित साइबर क्राइम हेल्पलाइनलाई ट्याग गरेर कारवाही गर्नका लागि पनि आग्रह गरेकी छिन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board