Nepal Page

१ श्रावण २०७७, बिहिबार


अमेरिकामा कोरोनाबाट १ लाख ४० हजारभन्दा बढीको मृत्यु

काठमाडौं, १ साउन । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट अमेरिकामा १ लाख ४० हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९०० जनाको मृत्यु भएसँगै बिहीबारसम्म अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४० हजार ४३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६८ हजार ९०५ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ३६ लाख १३ हजार ९८२ पुगेको छ । कुल संक्रमितमध्ये १६ लाख ३६ हजार ६९८ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १८ लाख ३७ हजार २४१ जनामध्ये १६ हजार ३४६ जनाको अवस्था गम्भीर रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति