बलात्कार आरोपमा सशस्त्र प्रहरीका एसएसपी पक्राउ

काठमाडौं, ३१ असार । सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बलात्कार आरोप लागेका  वरिष्ठ उपरीक्षक (एसएसपी) अधिकारीलाई एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएकी थिइन् । सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत एसएसपी अधिकारीलाई नियन्त्रणमा लिई युवतीको मौखिक उजुरीका आधारमा घटनाको अनुसन्धान सुरु गरिएको बताईएको छ ।

कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार वरिष्ठ अधिकारीमाथि बलात्कार आरोप लागेपछि सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख कविन्द्रमान श्रेष्ठ पनि तालिम केन्द्र पुगेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति