Nepal Page

२९ असार २०७७, सोमबार


चीनमा भीषण बाढीका कारण १४१ को मृत्यु, करोडौं मानिस प्रभावित

काठमाडौं २९ असार । चीनको यांग्से नदीमा पानीको सतह बडेपछि त्यसआसपासका विभिन्न भागमा आएको भिषण बाढीका कारण ठूलो धनजनको नोक्सान भएको छ ।
केही दिनदेखि परेको अविरल वर्षा र बाढीका कारण चीनमा १४१ जना व्यक्तिको निधन भएको छ।

बाढीका कारण ३ करोड ८० लाख व्यक्ति प्रभावित भएको सिन्ह्वा समाचार संसथाले जनाएको छ । चीनका विभिन्न ठाउँमा हालैको अविरल वर्षापछि बाढी आएको हो।

चीनका २७ स्थानमा बाढीले जनजीवन प्रभावित पारेको छ। केही दिनदेखि आएको बाढीबाट २२ लाख भन्दा बढी नागरिकलाई उद्धार गरिएको सचिनिया सरकारले जानकारी दिएको छ ।
चीनको याङ्चेसहितका कयौँ नदीमा पानीको सतह बढेपछि बाढी आएको बताइएको छ।

बाढीका कारण ठूलो संख्याका नागरिक गएको कम्तीमा एक हप्तादेखि गम्भीर रुपमा प्रभावित भएका छन् ।

बाढीका कारण २८ हजार भन्दा बढी घरमा क्षति पुगेको छ। बाढीका कारण अहिलेसम्म ११ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको बताइएको छ।

बाढीको त्रास बढ्दै गएपछि चिनियाँ राष्ट्रपति सि चिनफिङले सबै नागरिकलाई आवश्यक मात्रामा सतर्कता अपनाउन आग्रह गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति