13 July, 2020 7:00 am


एसियामा कोरोनाको इपीसेन्टर बन्दै भारत : पाँच दिनमा एक लाख ३५ हजार संक्रमित

काठमाडौं, २९ असार । भारतमा पाँच दिनयता कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भएको छ । सोमबार बिहानसम्म ८ लाख ७९ हजार ४६६ जनामा संक्रमण पुष्टि भएकोमा ५ दिनमा संक्रमित हुनेको संख्या मात्रै १ लाख ३५ हजार ९६५ छ ।बिहीबार २५ हजार ५७१ जनालाई संक्रमण भएकोमा शुक्रबार २५ हजार ८०३, शनिबार २७ हजार ७२८, आइतबार २७ हजार ७५५ र सोमबार २९ हजार १०८ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा संक्रमितको कुल संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २३ हजार १८७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५०० जनाको मृत्यु भएको छ ।

अहिलेसम्म संक्रमितमध्ये ५ लाख ५४ हजार ४२९ संक्रमणमुक्त भएका छन् भने ३ लाख १ हजार ८५० जनाको उपचार भइरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board