भालुको पित्तसहित दुई जना प्रहरीको फन्दामा,कारवाहीका लागि जिल्ला वन कार्यालय पठाइयो


काठमाडौ,२८ असार । संरक्षित वन्यजन्तु भालुको पित्तसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैधरुपमा कारोवार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट आज खटिएको विशेष टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–८ कल्याणपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउपर्नेमा मकवानपुर वरभञ्ज्याङका हरिबहादुर मोक्तान र सोही जिल्लाको डाँडाखर्कका रामबहादुर लामा रहेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उनीहरुले रु २० लाखमा बिक्री गर्न भनी साथमा लिइ हिँडिरहेका अवस्थामा भालुको पित्त बरामद गरिएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति