नेपालमा थप ८२ जनामा कोरोना पुष्टि, उपत्यकामा ६ जना संक्रमण

काठमाडौं, २८ असार । नेपालमा थप ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जसंख्या मन्त्रालयले जनाए अनुसार ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ५, ललितपुरका १ सहित थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार हाल सक्रिय संक्रमतिको संख्या ८ हजार १७४ रहेको छ । यस्तै डिस्चार्ज भएकासहित कूल संक्रमित १६ हजार ८०१ जना रहेको पनि बताए ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४७ संक्रमण निको भएर डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको संख्या ८ हजार ५८९ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टिनमा २३ हजार ७८४ र आइसोलेशनमा ८ हजार १७४ जना रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति