Nepal Page

२८ असार २०७७, आइतबार


सिलिचोङमा सात घर पहिरोले बगायो, ११ सम्पर्कविहीन : थप विवरण आउन बाँकी


खाँदबारी, २८ असार । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा गाउँमा पहिरो जाँदा सात घर बगाएको छ । पहिरोले बगाएर ११ जना सम्पर्कविहीन भएका छन् ।

अविरल वर्षापछि आज बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो । अहिले बिहान घटनास्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयो । अहिले पनि भारी वर्षा भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति