12 July, 2020 8:25 am


लिभरपुल बर्नलीसँग १–१ गोलको बराबरीमा रोकियो


काठमाडौँ, २८ असार। इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ । हिजो भएको खेलमा लिभरपुल बर्नलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकिएको हो ।

खेलको ३४ औं मिनेटमा एन्ड्रयु रोबर्टसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा बर्नली खेलमा फर्कियो । खेलको ६९ औं मिनेटमा इन्रिके रोड्रीग्वेजले गोल गर्दै बर्नलीलाई १–१ गोलको बराबरीमा फर्काए ।

यससँगै लिभरपुल सन् २०१९ को जनवरीपछि पहिलो पटक घरेलु मैदानमा जित निकाल्न असफल भएको छ । बराबरीपछि लिभरपुलले ३५ खेलमा ९३ अंक जोडेको छ ।

लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २४ अंकले अघि रहेको छ । बर्नली ५० अंक जोडेर नवौं स्थानमा रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board