Nepal Page

२७ असार २०७७, शनिबार


डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, यातायात सञ्चालनमा आउन अझै केही समय लाग्ने


काठमाडौं, २७ असार । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व गैंडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

नारायणगढ –बुटवल सडक खण्ड विस्तारको आयोजना अन्तर्गत गैंडाकोट –९, थुम्सीमा पुल निर्माणको क्रममा डाइभर्सन निर्माण गरिएको थियो । त्यही डाइभर्सन आज बिहान ४ बजेको समयमा बाढीले बगाउँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँडले बताए ।

बाढीले डाइभर्सन बगाएपछि आवतजावत पूर्ण रुपमा रोकिएको छ । खाद्यान्न लगायतका अन्य सामाग्री ढुवानी गर्ने गाडी बिहानदेखि नै रोकिएका छन् । अन्य अत्यावश्यक कामले गुडेका निजी गाडी समेत रोकिएका छन् । बगाएको डाइभर्सन बनाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यातायात सञ्चालनमा आउन अझै केही समय लाग्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति