Nepal Page

२७ असार २०७७, शनिबार


अमेरिकामा नयाँ रेकर्ड कायम : एकै दिन ७१ हजारभन्दा बढीमा कोरोना संक्रमण


काठमाडौं, २७ विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीले अमेरिकामा नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा हालसम्मकै सर्वाधिक ७१ हजार ३५५ जना संक्रमित भएका छन् । योसँगै अमेरिकामा संक्रमण हुनेको संख्या ३२ लाख ९१ हजार ३५४ पुगेको छ ।


पछिल्लो २४ घण्टामा थप ८२७ जनाको मृत्यु भएपछि कोरोना संक्रमणकै कारण अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ६४९ जनाको मृत्यु भएको छ । कुल संक्रमितमध्ये १४ लाख ५४ हजार २८५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १७ लाख ७५९ जनामध्ये १५ हजार ६९९ जनाको अवस्था गम्भीर रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति