काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा अोलीको पक्षमा आज पनि माइतीघरमा प्रदर्शन भएको छ । पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि समर्थकहरुले केही दिनयता प्रदर्शन गरिरहेका छन् ।
नेकपा स्थायी समितिका सदस्यहरुले प्रधानमन्त्रीको राजीनामाको माग गरिरहेका बेला प्रदर्शन केहि दिनयतादेखि प्रर्दशन भईरहेको हो । शुक्रबार काठमाडौंको माईतीघरमा युवाहरुले पानी परिरहेकै बेला पनि प्रर्दशन गरेका छन् । उनीहरुले नेपालको झण्डासहित प्रधानमन्त्रीको समर्थनमा लेखिएको ब्यनरसहित प्रर्दशमा उत्रीएका थिए ।
ब्यानरमा ‘देशको मुहार हाम्रो भविष्य हाम्रो सरकार’, ‘बोली अलि पिरो हो, केपी ओली हिरो हो’ लेखिएको व्यानरसहित प्रर्दशनमा उत्रिएका थिए । शुक्रबार बिहानैदेखि वर्षा भइरहे पनि त्यसको प्रवाह नगरी प्रदर्शन भएको हो ।
पार्टीको स्थायी समिति बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायतका बहुमत सदस्यहरुले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।
COMMENTS