गुरुङ र खनाल मृत्यु प्रकरणमा सात जना पक्राउ

चितवन, २६ असार । जिल्ला प्रहरी कार्यालय चितवनले दुई व्यक्तिको शङ्कास्पद मृत्युका विषयमा अनुसन्धान गर्न सात जनालाई नियन्त्रणमा लिएको छ ।

भरतपुर महानगरपालिका–१० मा बोरामा पोको पारेर फालिएका भरतपुर १४ का राजकुमार गुरुङको हत्याको आशङ्कामा पाँच जनालाई नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

उहाँका अनुसार गुरुङको परिवारको किटानी जाहेरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । यस्तै भरतपुर –२५ शुक्रनगरमा आफ्नै बारीमा मृतावस्थामा भेटिएका २७ वर्षीय सञ्जय खनालको मृत्यु प्रकरणमा संलग्न रहेको आशङ्कामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

खनालको हत्या गरेको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिइए पनि एक जनालाई निगरानीमा राख्ने गरी छाडिएको थापाले बताए । खनाल यही असार १८ गते आफ्नै बारीमा मृतावस्थामा भेटिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति