सप्तकोसीमा पानीको बहाव यो वर्षकै उच्च मापन, खोलियो ३० वटा ढोका

विराटनगर, २६ असार । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । शुक्रबार बिहानबाट पानीको बहाव उच्च भएको हो ।

पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको बहाव यो वर्षकै उच्च हो ।

कोशीमा पानीको बहाव बढ्दो क्रममा रहेका कारण ५६ मध्ये ३० वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति