कास्कीमा पहिरोले सात जनाको मृत्यु

पोखरा, २६ असार । कास्कीमा पहिरोले ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । कास्की प्रहरी कार्यालयले जनाए अनुसार ११ जना घाइते भएका छन् ।

पोखरा १८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेको प्रहरीले जनाएको छ ।थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको कास्की प्रहरी कार्यालयले जनाएको छ ।

पोखरा-२६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर ज्यान गएको छ । पोखरा२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनका आमा हिमकला अधिकारीको ज्यान गएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति