Nepal Page

२६ असार २०७७, शुक्रबार


नेकपा स्थायी कमिटीको बैठक एक हप्ता स्थगित


काठमाडौं, २६ असार ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित भएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिनुभएको छ ।

बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप सात दिनसम्मका लागि स्थगित गरेको उहाले बताउनु भएको छ ।

प्रवक्ता श्रेष्ठले ट्वीटरमा लेख्नु भएको ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’

नेकपा स्थायी कमिटी बैठक असार १० देखि सुरु भएको हो। तर पार्टी भित्रको विवाद बढ्दै गएपछि स्थायी कमिटी पनि प्रभावित हुँदै आएको छ।

केही समय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई पदबाट हटाउन खोजको भन्ने अभिव्यक्ति दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। जारी स्थायी कमिटीमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा भागेपछि विवाद उत्कर्षमा पुगेको हो।

बहुमत स्थायी कमिटी सदस्यले प्रधानमन्त्रीको राजीनामा भागेपछि प्रधानमन्त्री ओलीले संसदको बजेट अधिवेशन अन्त्य गरेका थिए। त्यसपछि नेकपा विभाजनको संघारमा पुगेको नेताहरुले नै बताएका थिए।

त्यसपछि दोस्रो तहका नेताहरुले पार्टी विभाजन हुन नदिन भन्दै मध्यमार्गी भूमिका निर्वाह गरेका छन्। पछिल्ला दिनमा प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि दैनिक भेटवार्ता भइरहेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति