उपत्यकाभित्र ट्याक्सी सञ्चालन गर्न दिने सरकारको निर्णय

काठमाडौं, २५ असार । उपत्यकाभित्र ट्याक्सी सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका र सम्बन्धित जिल्लामा ट्याक्सी सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदका बैठकका निर्णय बिहीबार सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णययसँगै ट्याक्सी पनि चल्ने दिने निर्णय भएको बताए ।

निर्णयअनुसार चालकसहित ३ जना यात्रा गर्न पाइने छ भने एकै परिवारका भए ५ जनासमेत सवार हुन पाइने मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति