9 July, 2020 4:53 pm


इस्तानबुलमा १० जना शंकास्पद इस्लामिक लडाकू पक्राउ

इस्तानबुल, २५ असार । टर्कीको प्रहरीले इस्लामिक स्टेट आइएस विद्रोही समूहसँग आबद्ध रहेको आशंकामा १० जना विदेशी नागरिकलाई प्रक्राउ गरेको छ ।

इस्तानबुलको प्रहरीको प्रतिआतंकवादी इकाईले शहरका विभिन्न १४ ठाउँमा छापा मारेर ती शंकास्पद व्यक्ति पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिले सामाजिक संजालबाट इस्लामिक स्टेटका बारेमा संगठनात्मक जानकारीहरु प्रवाह गरेका थिए ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरुका साथबाट पिस्तोल र वायरलेस संचार साधन पनि बरामद गरेको जनाएको छ । प्रहरीले पछिल्ला दिनहरुमा इस्तानबुलमा इस्लामिक स्टेटका लडाकू लुकेर बसेका सम्भावित ठाउँमा निरन्तर छापा मारिरहेको छ ।

गत साता विदेशी सहित १७ जना शंकास्पद व्यक्ति गिरफ्तार भएका थिए । यी व्यक्तिको आइएस समूहसँग आबद्धता रहेको आशंका गरिएको थियो । टर्कीमा केही वर्षदेखि भइरहेका घातक आक्रमणमा आइएस समूहको संलग्नता रहेको पुष्टि भएका थिए । यी घटनामा ३०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board