बाह्रबिसे बाढीका घाईतेलाई हेलिकप्टरबाट कठमाडौँ ल्याईयो

काठमाडौं, २५ असार । सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले बगाएर घाइते भएका एक जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनका अनुसार उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको बताए ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा हिजो राती गएको पहिरोमा परी घाइतेहरुको उद्धारका लागि गएको हेलिकोप्टर बाढी प्रभावित क्षेत्रमा अवतरण गरेको हो ।

बाह्रबिसेमा बाढीले स्थानीय जम्बु बजार बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति