9 July, 2020 8:15 am


सिन्धुपाल्चोकमा पहिरो : १८ जना बेपत्ता, दुईको शव फेला


सिन्धुपाल्चोक, , २५ असार । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ३ जम्बु बजारमा गएराति ठूलो पहिरो गएको छ । पहिरोमा परेर १८ जना बेपत्ता भएका नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिए ।

दुई जनाको शव समेत फेला परेको छ । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा गएराती बाढीले घर बगाएको हो ।  स्थानीयबासी अनन्तप्रकाश श्रेष्ठका अनुसार बाह्रबिसेको गाती बजार बगाएको छ। उनकाका अनुसार गातीका १४ घरका १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ । बाढीमा हराइरहेकाहरुको खोजी कार्य भैरहेको बताए । । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बाढीले घरहरु बगाएको र केही व्यक्ति वेपत्ता भएको बताए ।

२०/२२ वटा घरमध्ये ३र४ वटा बाहेक अरु पहिरोले लगेको पनि शेर्पाले बताए । त्यहाँको पक्की पुलसमेत बगाएको छ । जुरे, बाह्रबिसे लगायतका क्षेत्रमा सडक अवरुद्ध भएको छ ।
बेपत्ताको खोजी र उद्धारको काम भैरहेको नगर प्रमुख शेर्पाले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board