Nepal Page

२५ असार २०७७, बिहिबार


भारतमा एकै दिन २५ हजारभन्दा बढीमा कोरोनाको संक्रमण, ४९१ जनाको मृत्यु

काठमाडौं, २५ असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २१ हजार १४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४९१ जनाको मृत्यु भएको छ भने २५ हजार ५७१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७ लाख ६९ हजार ५२ पुगेको छ ।

संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो । संक्रमितमध्ये ४ लाख ७६ हजार ५५४ जना संक्रमणमुक्त भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति