नेपालमा थप २५५ जनामा कोरोना संक्रमण, २५३ जना डिस्चार्ज

काठमाडौं, २४ असार । नेपालमा बुधबार कोरोना भाइरसका थप २ सय ५५ जना संक्रमित थपिएका छन् । बुधबारसम्म संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै बुधबार २ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ सय ५५ जनामा संक्रमण देखिएको जानकारी दिए । संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति