8 July, 2020 3:02 pm


सशस्त्रको विपत् व्यवस्थापन टोली बाजुरामा

बाजुरा, २४ असार । बूढीगङ्गा नदीमा डुबेर बेपत्ता भएका बूढीगङ्गा नगरपालिका २ बस्ने १९ वर्षीय प्रताप थापाको खोजीका लागि सात जना सशस्त्र प्रहरीको विपत् व्यवस्थापन टोली बाजुरा आइपुगेको छ ।

बूढीगङ्गा –१ द्वारीस्थित हडहडे खोलाको छेउबाटै नदी तर्न खोज्दा सोमबार बिहान ९ बजेतिर बेपत्ता थापाको अवस्थाबारे कुनै जानकारी नभएपछि आज अपराह्न १ः३० बजे काठमाडौँबाट टोली बाजुरा आइपुगेको प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए ।

मार्तडीबाट करीब १४ किलोमिटर दूरीमा पर्ने घटनास्थल द्वारीमा बेपत्ताको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली अहिले पनि लागिपरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board