विश्व स्वास्थ्य संगठनले भन्यो – हावाबाट पनि कारोना भाईरस सर्ने प्रमाण भेटियो

काठमाडौं, २४ असार । हावाबाट पनि कोरोना भाइरस सर्ने पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हावाबाट कोरोना भाइरस फैलिएको पुष्टि गरेको हो ।

वैज्ञानिकहरुले हावाबाट संक्रमण सर्ने दाबी गरेपछि डब्ल्यूएचओले गरेको अध्ययनमा केहि प्रमाण भेटिएको जनाएको छ । यसअघि विश्वका ३२ देशका २३९ वैज्ञानिकहरुले डब्ल्यूएचओलाई खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै हालको दिशानिर्देश संशोधन गर्न सुझाव दिएका थिए ।

डब्ल्यूएचओले हावाबाट कोरोना फैलिने विषयमा अध्ययन नै रहेको भएपनि केहि प्रमाण भेटिएको जनाएको छ । यस बारेमा अझै विस्तृत अध्ययन भइरहेको जनाएको छ।

‘भिडभाड भएको सार्वजनिक स्थानमा, हावा आवत–जावत नगर्ने बन्द स्थानमा हावाबाट भाइरस फैलिने आशंकालाई इन्कार गर्न सकिँदैनु डब्ल्यूएचओले भन्यो, यी प्रमाणहरुलाई एकत्रित गरेर अनुसन्धान गर्ने काम जारी राख्छौं ।’

यसअघि डब्ल्यूएचओले कोरोना भाइरस मुख्यरुपमा व्यक्तिको नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट सार्ने बताएको थियो। डब्ल्यूएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवले यसबारे छिट्टै निर्णय आउने बताइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति