सभामुख अग्निप्रसाद सापकोटाको आँखाको शल्यक्रिया

काठमाडौं, २४ असार । प्रतिनिधी सभाका सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको छ । उनको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो ।

वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलिले शल्यक्रिया गरेको हो । केही समययता उहाको आँखामा समस्या देखिएको थियो ।

उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्ने गरी सभामुख सापकोटा स्वयंले व्यहोरेको जनाइएको छ ।शल्यक्रिया पछि सभामुख सापकोटा आराम गरिरहेको उहाको सचिवालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति