8 July, 2020 11:53 am


इंग्लिस प्रिमियर लिग फुटबलः क्रिस्टल प्यालेस चेल्सीबाट पराजीत

काठमाडौं, २४ असार । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । गएराति भएको खेलमा चेल्सीले क्रिस्टललाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

क्रिस्टलको मैदानमा चेल्सीलाई जित दिलाउन ओलिभर जेरुड, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले एक एक गोल गरे । क्रिस्टलका विल्फ्रेड जाहा र क्रिस्टियन बेन्टेकेले एक एक गोल फर्काए ।

चेल्सको छैटौं मिनेटमा जेरुडको गोलबाट चेल्सीले अग्रता बनाएको थियो । विलियनको पासमा जेरुडले सहज गोल गरे । खेलको २७ औं मिनेटमा पुलिसिचले गोल गर्दा चेल्सीको अग्रता २० को बन्यो ।

उनले पनि विलियनको पासलाई सदुपयोग गरे । तर, ३४ औं मिनेटमा जाहाले पेनाल्टी बक्स भन्दा बाहिरबाट उत्कृष्ट गोल गर्दा पहिलो हाफमा चेल्सी २–१ ले अघि रह्यो । खेलको ७१ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई ३–१ को अग्रता दिलाए ।

मैदान प्रवेश गरेको पाँच मिनेटपछि नै रुबेनको पासमा उनले पोस्टको जाली चुमाए । त्यसपछि खेलको ७२ औं क्रिस्टलका बेन्टेकेले एक गोल फर्काए पनि चेल्सी ३–२ गोल अन्तरले बिजयी भयो ।

बेन्टेकेले २ वर्षपछि प्रिमियर लिगमा गोल गरेका हुन् । चेल्सीले लेष्टर सिटीलाई २ अंकले पछि पार्दै चेल्सी शीर्ष तीनमा उक्लिएको हा हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board