Nepal Page

२४ असार २०७७, बुधबार


नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, २४ असार । नेकपा स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक असार २६ गते ११ बजे बस्ने गरि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक २ दिन पछि सरेको हो। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति कायम गर्नका लागि भन्दै बैठक स्थगित हुँदै आएको छ।

हिजो र अस्ति लगातार दुई अध्यक्षले एक्लाएक्लै छलफल गरेपछि स्थायी कमिटी बैठकलाई निरन्तरता दिने सहमति भएको जनाइएको थियो तर अन्तिममा आएर बैठक स्थगित गरिएको छ। आज पनि छलफल हुने र समय भने तय भइनसकेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति